अर्थमन्त्रालय र मन्त्रालय अन्तर्गत निकायमा एक खर्ब ११ अर्ब १८ करोड रुपैयाँ बेरुजू रहेको छ । अर्थ मन्त्रालयले जारी गरेको मन्त्रालय प्रगति विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को गत चैत महिनासम्ममा अर्थमन्त्रालयको पाँच करोड ३० लाख रुपैयाँ बेरुजू रहेको छ ।
अर्थ मन्त्रालय निजीकरण इकाईको ६१ करोड ६७ लाख रुपैयाँ बेरुजू रहेको छ । महालेखा नियन्त्रक कार्यालयको एक अर्ब ८६ करोड, आन्तरिक राजस्व विभागको ९९ अर्ब ५७ करोड रुपैयाँ, भन्सार विभागको नौ अर्ब २३ करोड, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको ३३ करोड ३६ लाख, ऋण असुली न्यायाधिकरणको ३ हजार, सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयको १३ लाख २१ हजार र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको १२ करोड २२ लाख बेरुजू रहेको छ ।
यस्तै चालु आर्थिक वर्ष २०८१/८२ मा कुल २ खर्ब ७० अर्ब रुपैयाँ कुल वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य रहेकोमा चैत मसान्तसम्म मा अनुदान सहायता तर्फ १४ अर्ब ३८ करोड र ऋण तर्फ ७४ अर्ब २४ करोड गरी जम्मा ८८ अर्ब ६२ करोड वैदेशिक सहायता प्राप्त भएको छ । जुन लक्ष्यको तुलनामा ३२.८२ प्रतिशत मात्रै हो ।
यस्तै, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह बीच आर्थिक वर्ष २०८०/८१ मा संकलन भएको रोयल्टी रकम बाँडफाँट गरिएको छ । २०८१ चैत मसान्तसम्म प्रदेश सरकारलाई १ खर्ब ५ अर्ब २६ करोड ५२ लाख र स्थानीय तहहरूमा २ खर्ब ६२ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको ।
आव २०८२/८३ मा नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित हिस्सा एवं वित्तीय समानीकरण अनुदानको रकम उपलब्ध गराइएको छ ।
मन्त्रालयगत प्रगति विवरणको पूर्ण पाठ