शीर्षकहरू

घटेको बजरमा दुई कम्पनीमा सकरात्मक सर्किट

घटेको बजरमा दुई कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ११.०६ अंकले घटेको छ । यस दिन उक्त अंकल घटेर बजार परिसूचक २ हजार ६ सय २९.८९ काे विन्दुमा झरेको छ । 

आज १६२ कम्पनीको मूल्य घट्दा ८६ कम्पनीको मूल्य बढेको छ । जसमध्ये दुई कम्पनीमा सकरात्मक सर्किट लागेको छ । पियोर इनर्जी र रिभर फल्स पावर कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस कम्पनीको मूल्य आज १० प्रतिशतले घटेको छ । 

आज ९ अर्ब १३ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै राँधि विद्युत कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।