शीर्षकहरू

सानिमा रिलायन्स लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

सानिमा रिलायन्स लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६ लाख १८ हजार ५८८ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो । 

कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट ८ प्रतिशत नगद र १.२४८९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले वितरण गरेको सोही बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।