शीर्षकहरू

भारतका दोस्रो धनी व्यक्ति गौतम अदानीले तलब कति लिन्छन् ?

भारतका दोस्रो धनी व्यक्ति गौतम अदानीले तलब कति लिन्छन् ?

एजेन्सी । भारतका दोस्रो धनी व्यक्ति गौतम अदानीले आर्थिक वर्ष २०२४(२५ मा कुल १०.४१ करोड रुपैयाँ भारु तलब पाएका छन्। समूहका १० सूचीबद्ध कम्पनीहरूमध्ये अदानीले यो तलब केवल दुई कम्पनीबाट पाएका हुन। यी कम्पनीहरू अदानी इन्टरप्राइजेज र अदानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोन हुन्।

उनले अदानी इन्टरप्राइजेजबाट तलबको रूपमा २.२६ करोड रुपैयाँ भारु र भत्ताको रूपमा २८ लाख रुपैयाँ भारु लिएका छन् ।  साथै, उनले अदानी पोर्ट्सबाट १.८ करोड रुपैयाँ भारु तलबको रूपमा र ६.०७ करोड रुपैयाँ कमिशन पाएका छन। जुन कुल ७.८७ करोड रुपैयाँ भारु थियो। आर्थिक वर्ष २०२३÷२४ मा गौतम अदानीले ९.२६ करोड रुपैयाँ भारु तलब पाए ।  ।

अदानी समूहका अध्यक्ष गौतम अदानीको कुल सम्पत्ति ५.७५ लाख करोड रुपैयाँ भारु छ । उनी विश्वका २४ औं धनी व्यक्ति हुन्। साथै, रिलायन्स समूहका अध्यक्ष मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति र विश्वका १६ औं धनी व्यक्ति हुन्। एलोन मस्क ३३.७८ लाख करोड रुपैयाँ भारुको कुल सम्पत्तिका साथ विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा छन्।

त्यस्तै, रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले पछिल्लो ४ वर्षदेखि कम्पनीबाट कुनै पनि तलब लिएका छैनन्। उनले कोरोना महामारीको समय (आर्थिक वर्ष २०२०/२१) देखि तलब लिन बन्द गरेका थिए।

भारतीय मूलका जगदीप सिंह विश्वका सबैभन्दा धेरै तलब पाउने कर्मचारी हुन्। मनी कन्ट्रोलका अनुसार, क्वान्टमस्केपका पूर्व संस्थापक तथा सीईओ जगदीपले वार्षिक २.३ अर्ब डलर को प्याकेज पाएका छन् ।  जुन प्रति दिन लगभग ५.८ मिलियन डलर हो।

गुगलका सीईओ सुन्दर पिचाईले २०२४ मा ९१. ४२ करोड रुपैयाँ भारु तलब पाएका थिए। विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले २०२४ मा १०.७३ मिलियन डलर तलब लिएका छन्। यो उनको २०२३ को तलबभन्दा लगभग २२ प्रतिशत बढी हो। २०२३ मा, उनले ८.८ मिलियन डलर तलब लिएका थिए।