काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । आइतबार कम्पनीको अन्तिम कारोबार मूल्य ५०६.९९ रुपैयाँ रहेको थियो । समायोजन पछि कम्पनीको शेयर मूल्य ४५२.६७ रुपैयाँ कायम भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । जसका लागि कम्पनीले जेठ २६ गतेलाई बुक क्लोज मिति तोकेको थियो ।
अर्थात् जेठ २५ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको बोनस शेयर पाउने छन् ।