शीर्षकहरू

रिलायबल नेपाल लाइफको शेयरमूल्य समायोजन

रिलायबल नेपाल लाइफको शेयरमूल्य समायोजन

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेको हो । 

इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा कायम भएको थियो।