शीर्षकहरू

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली काठमाडौमा आईपुगे

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली काठमाडौमा आईपुगे

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेको ३७ नेपाली गएराती काठमाडौ आईपुगेका छन् । अमेरिकी कानुन उल्लंघन गरेको भन्दै ३२ पुरुष र ५ महिलालाई अमेरिकाले डिपोर्ट गरेको हो ।
अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति नेपाल फर्काएको हो । विमानमा नेपाली सहित अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली डिपोर्ट गरि सकेको छ । डिपोट भएका नेपालीसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गरी छोड्ने गरेको छ ।