शीर्षकहरू

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रूपैयाँले घटेको हो । 

आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २१ सय ५० मा कारोबार भइरहेको छ ।