शीर्षकहरू

प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा वृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिले आज सोमबार आयोजना गरेको उक्त कार्याक्रम सम्पन्न भएको छ । 

संघका अध्यक्ष राम प्रसाद कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यात्रु व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरिसकेको संघका सल्लाहकार रुद्र ढुंगानाले जानकारी दिए । 

nullउनका अनुसार देशभरका अटो व्यवसायीहरूले रक्तदान गरेका थिए । संघले यस प्रकारका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको जानकारी दिइँदै आगामी दिनमा पनि निरन्तर गरिरहने उनले बताए । 

nullnull