पाटन । युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न ललितपुर महानगरलाई सङ्घीय सांसद र प्रदेशसभा सदस्यले सुझाव दिएका छन्र ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यसँगको छलफलमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले केन्द्रीय सरकारको बजेट साँघुरो हुँदै गएको र स्थानीय तहको बजेट बढ्दै गएको अवस्था महानगरभित्रको सडक व्यवस्थापनलाई बढी जोड दिन आग्रह गरे । “चक्रपथ क्षेत्रमा फ्लाइओभर र अन्डरपास एकैपटक बनाउन सके १० वर्ष कुनै समस्या आउँदैन, केही समय समस्या होला, पछि राम्रो नतिजा आउँछ”, उनले भने । उनले महानगरको सुनाकोठी क्षेत्रको सडक व्यवस्थापनलाई ध्यान दिन आग्रह गरे ।
“सुनाकोठीका स्थानीय जग्गा छाड्न तयार छन्, १८ घरलाई मुआब्जा दिइसकेका छौँ, बाँकीलाई ध्यान दिनुप¥यो, कान्तिलोकपथलाई व्यवस्थित गर्न सके वीरगञ्जसम्म पुग्न कठिनाइ हुँदैन, नख्खु करिडोरको व्यवस्थापनका लागि ध्यान दिनुप¥यो”, सांसद राणाले भने ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद प्रेमबहादुर महर्जनले हस्तकलाको प्रवद्र्धन, युवालाई रोजगारी सिर्जना गर्ने र उद्योग व्यवसायमैत्री योजना आवश्यक रहेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । “पुरातात्विक महत्वका घरहरूलाई संरक्षण गर्न ध्यान दिनुपर्नेछ, सामुदायिक विद्यालयको शिक्षा सुधारमा पनि अत्यन्तै ध्यान दिनुपर्ने आवश्यकता रहेको छ, निजीलाई भन्दा सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन हामीले ध्यान दिनुपर्ने छ, फोहोर व्यवस्थापन, सम्पदा क्षेत्रको संरक्षणका साथै युवालाई रोजगारीसँगसँगै महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्नेगरी योजना तर्जुमा गर्न आग्रह छ,” उहाँले भने ।
उनले महानगरवासीले महसुस गर्नेगरी देखिने र सामाजिक रुपमा न्याय हुनेगरी बजेट व्यवस्थापन गर्न आग्रह गरे । “सेवा प्रवाहमा जनताले महसुस हुनेगरी काम हुनुपर्छ, वर्तमान व्यवस्थालाई प्रोत्साहित गर्नेगरी नागरिकले महसुस गर्ने खालका योजना तर्जुमा आवश्यक छ, सांस्कृतिक सम्पदा र सार्वजनिक जग्गा संरक्षणका साथै अव्यवस्थित बसोबासीलाई पनि ध्यान दिएर योजना बन्नुपर्छ”, उनले भने । उनले विपद् व्यवस्थापनमा पूर्वतयारी गरेर आलोचना कम हुनेगरी काम गर्न आग्रह गर्दै अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने काममा ध्यान दिएर काम गर्न आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सार्वजनिक जग्गाको संरक्षण गर्ने र सूचीकृत गर्नाका साथै सामुदायिक विद्यालयहरुको जग्गा र भौतिक संरचनालाई गलत प्रयोजनमा उपयोग हुन नदिन आग्रह गरे । उनले महानगरभित्र खुल्ला सार्वजनिक क्षेत्रलाई संरक्षण गर्न र पर्यटनलाई प्रवद्र्धन गर्नेगरी योजना तर्जुमा गर्न आग्रह गरे ।
बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सडकको मापदण्डभित्र नयाँ संरचना निर्माण गर्नलाई रोक्नेमा ध्यान दिनुपर्ने, नख्खु करिडोरको मर्मतसम्भारमा ध्यान दिनुपर्ने र युवालाई रोजगारीको अवसर सिर्जना गर्न महानगरले ध्यान दिनुपर्ने सुझाव दिए । उनले ललितपुरको हस्तकला क्षेत्रलाई प्रवद्र्धन, हाट बजारको व्यवस्थापन, वातावरण संरक्षण, प्रदूषण न्यूनीकरण र खोलानालाको स्वच्छता कायम राख्दै संरक्षण गर्नेगरी नीतिगत सम्बोधन गर्न र बजेट तर्जुमा गर्न आग्रह गरे ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि विषय विज्ञ नभएकाले सुझाव लिन सरोकारवाला र विज्ञसँग छलफल आयोजना गरेको बताए । “सबैका कुरा सुन्न फरक फरक क्षेत्रका विज्ञसँग छलफल राखेका हौँ, सङ्घीय सांसद तथा प्रदेशसभा सदस्यहरुबाट महत्वपूर्ण सुझाव आएको छ, प्राप्त सुझावलाई हामी समावेश गर्छौं,” उनले भने ।