शीर्षकहरू

एशियन लाइफको लाभांश घोषणा

एशियन लाइफको लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६८४ प्रतिशत नगद लाभांश गरि कुल ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय उक्त बैठकले गरेको हो।

कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ । लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पूँजी पुर्याउपर्ने बाध्यकारी व्यवस्था गरेको छ । 

कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।