काठमाडौं । आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकल वृद्धि भएको छ । यस दिन परिसूचक २३.१९ अंकले वृद्धि भएर २ हजार ६५३.०९ विन्दुमा उक्लिएको छ ।
आज कारोबार रकम भने घटेको छ । यस दिन ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । हिजो आइतबार ९ अर्ब १३ करोड बढीको कारोबार भएको थियो ।
यस दिन १९१ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ५६ कम्पनीको मूल्य घटेको छ । जहाँ ४ कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरी हाइड्रो पावर, पियोर ईनर्जी, डोल्टी पावर कम्पनी र विन्ध्यवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।