काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कूटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया कुलजय नामक इलेक्ट्रिक साइकल सार्वजनिक गरेको छ । कम्पनीले उक्त साइकल सोमबार सार्वजनिक गरेको हो ।
सो साइकलमा थ्रोटल र पेडल असिस्ट दुवै सुविधा छन् । जसले गर्दा साइकल र स्कूटर स्कुटर जसरी चलाउन सकिन्छ । साइकलमा ३५० वाटके मोटर रहेको छ । जसले २५ किलोमिटर प्रतिघण्टाको गति दिन्छ । कम्पनीका अनुसार उक्त साइकल अहिले देशभर उपलब्ध छ ।
यो सवारी विद्यार्थी, गृहिणी, अफिस जाने कर्मचारी, डेलिभरी राइडर र बृद्धबृद्धा सबैका लागि उपयुक्त छ। पेडल असिस्टको कारण ब्याट्री सकिए पनि सहज रूपमा यात्रा गर्न सकिन्छ। ये साइकल चलाउँदा नेपालमा लाइसेन्स आवश्यक पर्दैन। साइकलको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ । उक्त साइकल टंगल, भाटभटेनीस्थित याडिया शो(रुम र देशभरका अधिकृत डिलरहरूमा खरिद गर्न सकिनेछ।
यस्ता छन् प्रमुख विशेषताहरू:
- ४८ भी ३४ एएच ग्राफिन ब्याट्री – ६० किमी सम्मको रेन्ज
- २ वर्ष वा २० हजार किमीको वारेन्टी
- ड्रम ब्रेक, ट्यूबलेस टायर
- १७० किलोग्राम भार क्षमता, ४ लाख कम्पन परीक्षण
- डिजिटल ड्यास बोर्ड
- काठमाडौं उपत्यकाभित्र घरमै डेलिभरी सेवा उपलब्ध