शीर्षकहरू

४ खर्ब ३८ अर्ब शोधनान्तर स्थिति बचतमा

४ खर्ब ३८ अर्ब शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रूपैयाँले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी भएपछि शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलर ३ अर्ब २३ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोड रुपैयाँ बचतमा थियो । 

समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रूपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ( ईक्विटि मात्र)  ७ अर्ब ५ करोड रहेको थियो । 
निश्चित समयावधिभित्र आवासीय र गैर आवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैर आवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।