काठमाडौं । आज मंगलबार शेयर बजार परिसूचक नेप्से २६.२४ प्रतिशतले वृद्धि भएको छ । उक्त अंकले बढेर परिसूचक आज २ हजार ६७९.३४ को विन्दुमा उक्लिएको छ ।
आज परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन १० अर्ब १६ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । हिजो सोमबार ८ अब ६८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको थियो ।
आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार सबैभन्दा धेरै रहेको छ । यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ बढीको शेयर कारोबार हुँदा अरुण कावेली पावर लिमिटेडको ५३ करोड १३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
दुई कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले वृद्धि भएको छ । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सूचक ५.१२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचिकृत १५ वटै फाइनान्स कम्पनीको शेयर मूल्य आज वृद्धि भएको छ ।