काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई हराएको छ । स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हराएको हो । नेदरल्याण्ड्सलाई १६ रनले हराएको हो । नेपालले दिएको २३७ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १/१ विकेट हात पारे ।
त्यस्तै, नेदरल्याण्ड्सका वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए । कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्दा नेपालका आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए । त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य दिएको थियो ।