शीर्षकहरू

आईएमई हस्पिटालिटीका होटलहरूमा सीएसटी–युपीआइ कार्डबाट भुक्तानी गर्दा विशेष छुट

आईएमई हस्पिटालिटीका होटलहरूमा सीएसटी–युपीआइ कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटी (आइएमइ हस्पिटालिटी) बिच सीएसटी–युपीआइ कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ ।  

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा सीएसटी–युपीआइ कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । रुम महसुलमा छुट पिओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत सीएसटी–युपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । सीएसटी–युपीआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर सीएसटी–युपीआइ  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।