काठमाडौं । आज बुधबार सुनको भाउ एक हजार ३ सय रुपैयाँले वृद्धि भएको छ । यस दिन प्रतितोला छापावाल सुनको मूल्य एक लाख ९१ हजार ३ सय रुपैयाँमा उक्लिएको छ ।
हिजो मंगलबार प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलाको २ हजार १६५ रुपैयाँमा स्थिर छ ।