काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले यस पटक पनि शेयर धनीहरुलाई लाभांश नदिने भएको छ । जेठ २८ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्दै लाभांश भने वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले यस अघि आव २०७९/०८० र ०७८/०७९ मा पनि लाभांश वितरण गरेकाे थिएन । लघुवित्तले २०७९ साउनमा ९ लाख १३ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेको थियो ।