शीर्षकहरू

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइब)को कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरेको छ । तर, के आरोपमा उजुरी हालेको भन्नेबारे केही खुलाइएको छैन ।  बाँकी विषय भने अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाई छ । काठमाडौं जिल्ला अदालतले पाठक विरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।