शीर्षकहरू

नाइमा नेपाल मोबिलिटी एक्सोको स्टल बाँडफाँड सम्पन्न, यी हुन सहाभागी हुने ५० ब्राण्ड

नाइमा नेपाल मोबिलिटी एक्सोको स्टल बाँडफाँड सम्पन्न, यी हुन सहाभागी हुने ५० ब्राण्ड

काठमाडौं | Nepal Automobile Importers and Manufacturers Association (NAIMA) ले Nepal Mobility Expo 2025 को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम संस्थाको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न गरेको छ । उक्त प्रदर्शनी २०८२ साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

प्रदर्शनीमा चार पांग्रे, दुई पांग्रे र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको सहभागिता रहने छ । कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको हो ।

नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले अत्यन्त हर्षित र उत्साहित भएको उल्लेख गर्दै अध्यक्ष रितु सिंह वैद्यले सबै स्टल बुक भइसकेकाे र अब प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गरिने बताइन् ।

null

सहभागी चार पांग्रे सवारी ब्रान्डहरू:

BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr

सहभागी दुई पांग्रे सबारी ब्रान्डहरू :

Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway - Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho

सहभागी व्याबसायिक सवारी साधन ब्रान्डहरू :

Chery, Wanda, Dongfeng Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong

​​​​​​​null