शीर्षकहरू

पिकअप ट्रक टुनल्याण्ड जी७ ले रच्यो विश्व इतिहास

पिकअप ट्रक टुनल्याण्ड  जी७ ले रच्यो विश्व इतिहास

काठमाण्डौं । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ ।

टुनल्याण्ड G7 ले नेपालका सबैभन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गयो । यो यात्रा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो। यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए । टुनल्याण्ड G7 ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गयो र तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट ४x४ अफ- रोड पिकअप बन्न सफल भयो ।

यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो । R18 टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गयो । २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो । उकालो चढ्दा वा ओरालो झर्दा 'हिल होल्ड' र ‘हिल डिसेन्ट कन्ट्रोल'ले अत्यन्त सहज अनुभव दिएको थियो ।

बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड G7 भित्रचाहिँ विलासी र आरामदायी छ । यसमा प्यानोरामिक सनरुफ, तातो / चिसो हुने १२ - तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ । यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो ।

२३ दिने यो यात्रा टुनल्याण्ड G7 को एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्यो। नेपाली ग्राहकहरूसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो । टुनल्याण्ड G7 ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गयो ।

यो यात्राले टुनल्याण्ड G7 केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखायो । यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेहरूका लागि बनाइएको पावर मेशिन हो ।