शीर्षकहरू

कैलाश सिरोहिया सहित यी हुन् हिमालयन रिका २७ ठुला शेयरधनी, कसको स्वामित्व कति ?

कैलाश सिरोहिया सहित यी हुन् हिमालयन रिका २७ ठुला शेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले लिमिटेडमा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको शेयरधनीहरुको संख्या २७ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को विवरण अनुसार कम्पनीमा २७ जना शेयरधनीको स्वामित्व १ प्रतिशत भन्दा बढी रहेको छ । 

जसमध्ये सबैभन्दा धेरै अम्बेर प्रोभेष्टमेन्ट प्रालिको ६.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीमा अम्बेरको ७० लाख ५६ हजार ४०० कित्ता शेयर रहेको छ । अम्बेरको स्वामित्व अघिल्लो वर्ष २०७९/०८०को तुलनामा घटेको छ । अघिल्लो बर्ष ९.६९ प्रतिशत स्वामित्व रहेको थियो । 

यसैगरी, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्व समान ५/५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७.१४ प्रतिशतका दरले स्वामित्व थियो । उक्त दुई बैंकको शेयर समान ५२/५२ लाख कित्ता रहेको छ । ईन्फीनीटी होल्डीङ्स प्रालिको ४.५० प्रतिशत स्वामित्व तथा ४६ लाख ८० हजार कित्ता शेयर र जगदम्बा मोटर्स प्रालिको ३.२० प्रतिशत स्वामित्व तथा ३३ लाख २८ हजार कित्ता शेयर रहेको छ । 

यसैगरी, जगदम्बा स्टील्स प्रालि, विकास दुगर, हंशराज हुलासचन्द्र एण्ड कम्पनी प्रालि र साफ्रोन सीके ईन्भेष्टमेन्ट प्रालिको समान २/२ प्रतिशत शेयर स्वामित्व रहेको छ । आरएमसी कन्स्ट्रक्सन एण्ड ईन्भेष्टमेन्ट प्रालि र सशि कान्त अग्रवालको समान १.५०/१.५० प्रतिशत, एकोर्ड क्याफिन प्रालि, अटल क्यापिटल प्रालि, कालिका फिनकर्प प्रालि र कार्भी ग्लोबल प्रालिको समान १.३५/१.३५ प्रतिशत शेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ । 

यस्तै, ऋषिराम मोरको १.८९ प्रतिशत स्वामित्व रहेको छ भने अजन्ता होल्डिङ्स प्रालि, विकास जेबी राण, कैलाश सिरोहिया, किर्ती एपेक्स प्रालि, राहुल कुमार अग्रवाल, राजेश हार्डवेर प्रालि, सन्दिप कुमार अग्रवाल, शालिमार ईन्भेष्टमेन्ट प्रालि, शौर्य सिमेन्ट इण्ड्रस्टीज, उजीवन मर्चेन्ट प्रालि र वण्डर भेन्चर प्रालिको समान १/१ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

null