काठमाडौं । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ।
एमजीको बिको (BICO) (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रुपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ । ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ ।
रियर पार्किङ क्यामेरा, सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि, फास्ट चार्जिङ (7 kW), ३.५ घण्टामै ०% बाट १००% चार्ज हुने- छिटो, सहज र प्रभावकारी, पावर फोल्डेबल साइड मिरर (ORVMs), स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन आदि अपग्रेड गरिएका फिचरहरू हुन ।
सक्षम, भरपर्दो र यात्राको लागि तयार
कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ जसले एकपटक चार्ज गर्दा अराइ (ARAI) प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। आइपी ६७ (IP67) रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ ।
प्रविधि र आधुनिक सुविधाको मिलन
कमेट इभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ । साथै, स्मार्ट की. को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ ।
एमजी कमेट इभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्
- एबिएस र इबिडी
- अगाडिको र पछाडिको ३ - पोइन्ट सिटबेल्ट
- रियर पार्किङ क्यामेरा र सेन्सर
- TPMS टिपीएमएस (टायर प्रेशर मनिटरिङ सिस्टम इनडाइरेक्ट )
- ISOFIX चाइल्ड सिट एन्कर
- गाडीको स्ट्रक्चरमा १७ वटा हट स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ ।
- वारेन्टी र सेवा
- भी ब्याट्रीमा ८ वर्ष / १,२०,००० किमीको वारेन्टी
- हाई भोल्टेज कम्पोनेन्टमा ३ वर्ष / १,००,००० किमी वारेन्टी
नेपालभर इभी पूर्वाधारको विस्तार गर्दै
एमजीका सेवा केन्द्रहरू काठमाडौं ( कुसुन्ती, सुकेधारा), भक्तपुर, बिराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध छन्। चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, बिराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन्।
हरित भविष्यका निम्ति स्मार्ट विकल्प
एमजी कमेट इभी स्मार्ट साइज, आधुनिक फिचर, सुरक्षामा प्रतिबद्धता र भरपर्दो सेवा सुविधासँगै नेपालको दिगो शहरी यातायातको भविष्यसँग पूर्ण रूपमा मेल खान्छ। यो केवल गाडी मात्र नभई स्वच्छ, प्रभावकारी र स्मार्ट मोबिलिटीतर्फको एक साहसी कदम हो ।