शीर्षकहरू

टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छिन । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  बुधबार बसेको  मन्त्रीस्तरी निर्णयले उनलाई नियुक्ति पत्रबाट निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो । 

यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइनयो भने आज जेठ २८ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छिन । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश भई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिएन भने उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिएन ।