काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने जेठ २९ गते आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्दै छ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउछन्।
कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत ६५ करोड ७६ लाख ९३ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
जेठ ७ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो । एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।