काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद असार १६ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर असार १६ गतेदेखि निष्काशन गर्न लागेको हो।
उक्त हकप्रदका लागि साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि असार ५ गते बुक क्लोज हुने छ । अर्थात् असार ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।
वैशाख १९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।