शीर्षकहरू

स्वतन्त्रताको नाममा छाडातन्त्र बढ्न थाल्यो : इन्द्र बानिया नेता नेपाली काँग्रेस

स्वतन्त्रताको नाममा छाडातन्त्र बढ्न थाल्यो : इन्द्र बानिया नेता नेपाली काँग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाले नेपालमा गणतन्त्र अथार्त स्वातन्त्रताको नाममा छाडातन्त्र मौलाउन थालेको बताएका छन् । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरो जयवीर देउवासम्बन्धी सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत बिना प्रमाण र आधारमा गरिएको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै छाडातन्त्र मौलान थालेको बताएका हुन ।

बानियाले सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तथ्यबिना आरोप लगाएर राजनीतिक पात्रको चरित्र हत्या गर्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने कार्य गरेको समेत आरोप लगाएका छन् । उनले भने, ‘गलत गर्ने जोकोहीलाई पनि छोड्न हुन्न चाहे त्यो प्रधानमन्त्री वा मन्त्री किन नहोस तर गलतका नाममा आधारहीन रूपमा जुन किसिमले प्रचारप्रसार भएको छ, त्यो आफैँमा निन्दनीय छ ।’

दिलभुषण पाठक जस्ता दिग्गज मानिएका पत्रकारले एक जना युवाका विषयमा कसरी यस्तो सोच बनाए आफूलाई समेत अचम्म पारेको बानिया बताउछन् । उनले भने, ‘ ‘‘राम्रा सञ्चारकर्मी भनिएका दिलभूषणले जयवीर देउवासम्बन्धि भ्रमपूर्ण कपोकल्पित, भ्रमक, तथ्यहिन, भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर पत्रकारीता माथि नै प्रश्न उठाएको छ ।’ 

गणतन्त्रमा हरेक किसिमका स्वतन्त्रताभित्र मिडियाले पनि स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न सक्ने बताउदैँ उनले भने, ‘अरुको इज्जत झार्न गणतन्त्र आएको होइन । आफ्नो स्वतन्त्रता प्रयोग गर्दै गर्दा अरुको स्वतन्त्रता, आत्मसम्मान तथा प्रतिष्ठालाई चोट पुर्‍याउने किसिमको छाडा र भ्रमपूर्ण कार्य नगर्ने  र गर्नेलाई कानुनको दायरामा ल्याएर यथाशिघ्र कारवाही हुनुपर्छ ।’

पछिल्लो समय सामाजिक सञ्जालमा कुनै प्रमाणबिना व्यक्तिको मानमर्दन गर्ने, नेताहरूको परिवारसँग असम्बन्धित विषयलाई जोडेर अनावश्यक विवाद सिर्जना गर्ने प्रवृत्ति बढेकाले राज्यका नियामक निकायहरुको ध्यान तेता तर्फ केन्द्रीत गर्न पनि उनले आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल र डिजिटल माध्यमहरूमा नियमन र निगरानीको अभावले यस्ता विकृति मौलाएको बानियाको भनाइ छ । यस्ता विकृति नियमनका लागि प्रेस काउन्सिल नेपाल, गृह मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालयजस्ता सम्बन्धित निकायले अनधिकृत अनलाइन पोर्टल, फेक खाता र नियमनविहिन डिजिटल सामग्रीमाथि कडाइ गर्नुपर्ने उनले आर्थिकन्यूजसँगको कुराकानीमा बताए ।

गणतन्त्रमा सत्य तथ्य समाचार लेख्न बोल्न र आफ्ना विचार राख्न पाइन्छ । समचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न नमिल्ने पनि बानियाले बताए । तर, पत्रकारीताकै नाममा कसैको मानहानी, व्यक्तिगत चरित्र हत्या गरिन्छ भने यो सत्य तथ्य वा के हो भनेर जाँच गरेर दोषीमाथि कारवाही चाँही जोकोहि भए पनि गर्नेमा बानियाले जोड दिए ।