कठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्स प्रालिबीचमा द्विपक्षीय सम्झौता भएको छ । महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त बीमा कम्पनी र अग्नि समूह अन्तर्गत बालाजु अटो वर्क्सबीच सम्झौत भएको हो ।
सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरी र अटो वर्क्सको तर्फबाट नायव महाप्रबन्धक शिव सुदन श्रेष्ठले हस्ताक्षर गरे । बालाजु अटो वर्क्सको कार्यालय, बालाजुमा आज बिहीबार सम्झौता भएको हो ।
उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्क्स प्रालिका सहायक महाप्रबन्धक सन्तोष कुमार अधिकारी समेतको उपस्थिति रहेको थियो ।