काठमाडौं । बिहीबार नेको इन्स्योरेन्सको ५० लाख ३० हजार ९०१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद बापतको उक्त कित्ता शेयर बिहीबार सूचीकृत भएको हो ।
कम्पनीले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको गत फागुनमा निष्काशन जारी गरेको थियो । सोही शेयर बिहीबार सूचीकृत भएको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेकोमा हकप्रद निष्काशन पश्चात् चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुगेको छ ।
नेको इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय प्रयोजनका लागि नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त कम्पनी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै कम्पनीले हकप्रदको बाटो अपनाएको हो ।