शीर्षकहरू

१० महिनामा वाणिज्य बैंकहरुकाे खुद नाफा करिब ४८ अर्ब, कुनको कति ?

१० महिनामा वाणिज्य बैंकहरुकाे खुद नाफा करिब ४८ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ५ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड र एनएमबी बैंकले २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यसैगरी, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराईज बैंकले २ अर्ब १५ करोड र सिद्धार्थ बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

कुन बैंककाे नाफा कति ?

null