काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज जेठ ३० गते शुक्रवारदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपाललीका लागि जेठ ३० गतेदेखि आईपीओ निष्काशन गरेकाे हो ।
आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता शेयर निष्काशन भएकाे छ ।
कम्पनीले जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको थियो । जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत ११ करोड १९ लाख रुपैयाँ बराबरको १ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो ।
यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको बुकु-कपती जलविद्युत आयोजना निर्माण गरेको छ ।