शीर्षकहरू

इजरायलद्वारा इरानमाथि आक्रमण, इरानका सेना प्रमुख मारिए

इजरायलद्वारा इरानमाथि आक्रमण, इरानका सेना प्रमुख मारिए

एजेन्सी । इजरायलले इरानमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले पुष्टि गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान उनीहरूको लडाकु विमानले शत्रु देशमाथि आक्रमण गरेको छ।

न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तिमा ६ सैन्य अड्डाहरूलाई निशाना बनाएको छ। यी ६ मध्ये ४ स्थानमा आणविक अड्डाहरू पनि छन्। इरानको सरकारी मिडियाले इजरायली आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमाण्डर हुसेन सलामीको मृत्यु भएको पुष्टि गरेको छ।

अल–जजीराका अनुसार इरानका दुई प्रमुख आणविक वैज्ञानिकहरू, मोहम्मद मेहदी तेहरानची र फरदुन अब्बासी पनि आक्रमणमा मारिएका छन्। इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सेना अधिकारीहरू र केही वरिष्ठ आणविक वैज्ञानिकहरू पनि आक्रमणमा मारिएको दाबी गरेको छ।