शीर्षकहरू

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । 

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आविद्ध गर्नुपर्ने भएकोले ग्राहकलाई अध्यावधिक बैंकले भनेको हो ।

बैंकको वेवसाईट वा मोबाइल बैंकिङ्ग एपबाट प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन पनि सकिने छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ ।