शीर्षकहरू

१२ विकास बैंकले नाफा कमाउँदा पाँच विकास बैंक घाटामा

१२ विकास बैंकले नाफा कमाउँदा पाँच विकास बैंक घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा नेपालमा सञ्चालित १७ विकास बैंकमध्ये १२ वटा विकास बैंकमा नाफामा छन् भने पाँच वटा विकास बैंकमा घाटामा गएका छन् । गत आवको सोही अवधिमा पनि यी बैंकहरु घाटामा नै थिए । 

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार चार विकास बैंकको नाफा १७ प्रतिशतले बढेर चार अर्ब ५९ करोड रुपैयाँ पुगेको थियो । गत आवको सोही अवधिमा भने बैंकहरुले तीन अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका थिए । 

नाफामा गएका बैंकमध्ये लुम्बिनी विकास बैंकको नाफा सबैभन्दा धेरैले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो १० महिनाको अवधिमा बैंकको नाफा दुई गुणाभन्दा धेरैले बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने बैंकको नाफा चार करोड ९७ लाख रुपैयाँ थियो । 

नाफा धेरै वृद्धि गर्नेमा मुक्तिनाथ विकास बैंक दोस्रोमा परेको छ । सो बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले बढेर ८७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यस्तै शाइन रेसुङ्गाग डेभलपमेन्ट बैंकको नाफा भने १९ प्रतिशत भन्दा धेरैले बढेको छ । समीक्षा अवधिमा बैंकको नाफा ६१ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।  गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड ४० लाख रुपैयाँ थियो । 

गरिमा विकास बैंकको नाफा पनि १८ प्रतिशत भन्दा धेरैले बढेको छ । समीक्षा अवधिमा बैंकको नफा ८६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंक नाफा ७३ करोड ३४ लाख रुपैयाँ थियो । कामना विकास बैंक र ज्योति विकास बैंकको नाफा १७/१७ प्रतिशतले बढेको छ । 

सिन्धु विकास बैंकको नाफा भने ११ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले सात करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंक नाफा सात करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ११ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले एक करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने गत आवको सोही अवधिमा बैंकले एक करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

नारायणी डेभलमपेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले घाटामा गएका छन्  । केन्द्रिय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा नारायणी डेभलपमेन्ट बैंकको एक करोड ६ लाख रुपैयाँ घाटामा छ । कर्णाली डेभलपमेन्ट बैंक ८४ करोड ६१ लाख रुपैयाँ घाटामा छ । एक्सेल डेभलपमेन्ट बैंक ११ करोड ३४ लाख घाटामा छन् । सालपा विकास बैंक ३३ लाख र सप्तकोशी डेभलपमेन्ट बैंक भने तीन करोड ४२ लाख रुपैयाँ घाटामा गएको छ । 

null