शीर्षकहरू

जिल्लाव्यापी टेबलटेनिसमा अन्शु खनाल र प्राज्ना महर्जनलाई स्वार्ण पदक

जिल्लाव्यापी टेबलटेनिसमा अन्शु खनाल र प्राज्ना महर्जनलाई स्वार्ण पदक

काठमाडौं  । काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत टेबलटेनिसमा  काठमाडौं महानगरपालिका ११ की अन्शु खनाल र काठमाडौं महानगरपालिका १७ की प्राज्ना महर्जनले स्वार्ण पदक जितेका छन् ।  शनिबार गर्ल्स सिंगल्सको यु–१६ मा प्राज्ना र यु–१४ मा अन्शु पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ फाइनलमा प्राज्नाले कीर्तिपुर नगरपालिकाकी मिचुली महर्जनलाई तीन सेट समान ११–८ मा पराजित गरिन् । काठमाडौं महानगरपालिका ६ की विद्विसा मैनाली र तार्केश्वर नगरपालिकाकी श्रृष्टि बुढाथोकी संयुक्त रुपमा तेस्रो भएका छन ।

काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भइरहेको प्रतियोगिताको यु–१४ फाइनलमा अन्शुले तार्केश्वरकी स्मृति गुरुङलाई ११–६, ११–३ र ११–८ को सोझो सेटमा पराजित गरेकी हुन । काठमाडौं महानगरपालिका ७ की परिधि बस्नेत र कीर्तिपुरकी डेजी महर्जन तेस्रो बने ।