शीर्षकहरू

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो । 
.