काठमाडौं । नेपालले २०८२ असार १ अर्थात जून १५, २०२५ देखि तेस्रो मुलुक बंगलादेशमा व्यवसायिक रुपमा पहिलो पटक विदयुत निर्यात (बिक्री) सुरु गरेको उर्जामन्त्रालयले औपचारिक रुपमा जानकारी गराएको छ ।
आइतबार पत्रकार सम्मलेन गर्दै मन्त्रालयले उर्जा विकास मार्गचित्र सार्वजनिक गरि आगामी १० वर्षभित्र सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरि भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट गरि १५ हजार मेगावाट भन्दा बढी विदयुत निर्यात गर्ने सम्झौता भइसकेकोे जनाएको छ ।
उत्पादित बिजुली छिमेकी मुलुकसहित तेस्रो मुलुक बंगलादेश बिक्री गर्ने सुनिश्चित भैइसकेकोले उर्जा क्षेत्रबाट मुलुकले समृद्धी हासिल गर्ने निश्चित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको नेतृत्वमा २०८९ असोज १७ मा भारतका विदयुत मन्त्री मनोहरलाल खट्टर, बंगलादेशका विदयुत उर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजल किवर खानवीय बंगलादेशमा ४० मेगावाट विजुली बेच्ने सम्झौता भएको थियो । जून १५ देखि नोभेम्बर १५, २०२५ सम्म ५ महिना नियमित विदयुत बंगलादेश बिक्री गरिनेछ । ५ महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ। उक्त विदयुत बिक्री वापत नेपाल सरकारले ५ महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपैया आम्दानी गर्नेछ ।
नेपालमा उत्पादित विद्युत ४०० केभी प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर, मुजफ्फुरपुर– बेहरामपुर हुदै भेडामारा (बंगलादेश) सम्म निर्यात भइरहेको छ। त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २९.४० मेगावाट गरि ४० मेगावाट विदयुत बंगलादेश निर्यात भइरहेको छ । विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरि बिक्री गर्ने सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
नेपाल विदयुत प्राधिकरणले जुन १५ देखि भारतको हरियाणा राज्यमा पनि विदयुत निर्यात सुरु गरिसकेको छ । जेठ १८ (जुन १) बाट १ सय ८५ मेगावाट विदयुत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ (शनिबार) रातीदेखि सोही स्थानका लागि २०० मेगावाट विदयुत निर्यात सुरु गरेको छ । गएराती १२ बजेदेखि नै भारतको बिहार राज्यमा ८० मेगावाट विदयुत निर्यात सुरु गरेको मन्त्रालयले जनाएको छ ।