काठमाडौं। नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
माबिलुङ इनर्जीले जारी पुँजीको ४८.९९९८ प्रतिशत शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले संखुवासभा जिल्लाको मादी नगरपालिकामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।