शीर्षकहरू

आयल निगमले बढायो पेट्रोल, डिजल र मट्टितेलको भाउ

आयल निगमले बढायो पेट्रोल, डिजल र मट्टितेलको भाउ

नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेलको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलितर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५७ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा १ रुपैयाँ ४१ पैसा  र डिजेलमा १ रुपैयाँ ६७ पैसाले बढेर आएको जनाएको छ ।  

null