शीर्षकहरू

हराएको डा. श्रेष्ठ तारकेश्वरमा भेटिए

हराएको डा. श्रेष्ठ तारकेश्वरमा भेटिए

काठमाडौँ । सोमबार बिहानदेखि सम्पर्कविहीन रहेका डा. केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई तार्केश्वर नगरपालिका स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला पारेहो जनाएको छ । 

उनलाई परिवारको जिम्मा लगाइएको सूचना अधिकारी एसपी अपीलराज बोहराले जानकारी दिए । डा. श्रेष्ठ रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट हुन्। उनी सोमबार बिहान सामाजिक सञ्जालमा अलबिदा लेखेर सम्पर्कविहीन बनेका थिए । आफूमाथि अन्याय गरिएको भन्दै उनले सामाजिक सञ्चाल फेसबुकमा गुनासो प्रकट गरेका छन् ।

२ वर्ष अघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई ५० मा स्तरोन्नति गराएका थिए । त्यसअघि सो अस्पताल १५ शय्याको थियो ।