शीर्षकहरू

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न आदेश दिएको हो ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अुनसन्धान गर्न जिल्ला अदालतले नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको थियो।

आफू पक्राउ पर्ने भएपछि पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।