शीर्षकहरू

सिडिएससिसिको सिईओलाई भेटे लगानीकर्ताले, आईपिओमा निवेदन दिन प्रक्रिया सहज बनाउन आग्रह

सिडिएससिसिको सिईओलाई भेटे लगानीकर्ताले, आईपिओमा निवेदन दिन प्रक्रिया सहज बनाउन आग्रह

काठमाडौं । प्राथमिक शेयर निष्काशन (आईपिओ) मा आवेदन दिन प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउने लगानीकर्ता व्यवसायीले माग गरेका छन् । शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्तासंघले केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ (सिडिएससिसि) को प्रमुख कार्यकारी अधिकृत प्रविन पान्दाकलाई भेटी यस्तो आग्रह गरेका हुन् । 

लगानीकर्ताले क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउन, मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दुर दराजका लगानीकर्तालाई सेवा पुयाउन र लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्न पनि आग्रह गरेका छन् । यस्ता कार्यक्रमले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने र सम्पूर्ण प्रणालीलाई मजबुत बनाउने लगानीकर्ताले विश्वास लिएका छन् । 

यस्तै, लगानीकर्ताले प्रमुख कार्यकारी अधिकृत पान्दाक सफल कार्यकालको लागि शुभकामना पनि दिएका छन ।