काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद आज असार ३ गते सकिँदै छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद पश्चात ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको हकमा चुक्ता पुँजी ५ अर्ब पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसका लागि कम्पनीले हकप्रदको बाटो अपनाएको हो ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।