शीर्षकहरू

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ३४ हजार २६९ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (असार ३ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । ​​​

बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।