शीर्षकहरू

सुनको भाउ एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले घट्यो

सुनको भाउ एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन पनि चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

null