शीर्षकहरू

असार १५ गते भोजनलिपि स्वादको चौथो संस्करण काठमाडौंंमा हुने

असार १५ गते भोजनलिपि स्वादको चौथो संस्करण काठमाडौंंमा हुने

काठमाडौं। देशभरका रैथाने परिकारको माध्यमबाट कृषि पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले भोजनलिपि स्वादको चौथो संस्करण काठमााडैंमा हुने भएको छ । अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले शुरु गरेको उक्त अभियान यहि असार १५ गते अनामनगरको सिलौटो कटेजमा हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

नेपाली रैथाने खानाको माध्यमबाट कृषि पर्यटन प्रवर्द्धन गरिनुपर्ने अभियानका संयोजक देवी प्रसाद सापकोटाले पत्रकार सम्मेलनमा बताएका थिए। पोषण र गुणस्तरयुक्त रैथाने खानालाई विश्वव्यापीकरण गर्न सकेको खण्डमा विदेशी पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

त्यस्तै। सोहि कार्यक्रममा बरिष्ठ सेप गोविन्द नरसिंह केसीले नेपाली खाना विश्वमा नै चिनाउनका लागि गरिएको यो अभियानको सफलताको काम गरे ।त्यस्तै, वरिष्ठ संगीतकार मिलन मुक्तानले खानामा नेपाली लोकसंस्कृत झल्कने संगीत पनि रहने जानकारी दिए ।