शीर्षकहरू

SCT–UPI कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १०% छुट

SCT–UPI कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १०% छुट

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको SCT–UPI कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवलकारमा १०% छुट हुने भएको छ ।  

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्राअझ सहज र शुलभहुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो।

अफर अन्तर्गत ग्राहकहरूले आफ्नो SCT–UPI कार्डबाट POS मेसिनमार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ ।

यो अफर मार्फत कार्डको अधिकतमप्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।