काठमाडौं । सिद्धार्थ मल्टिपल कलेज(एसमएसी)ले फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असार ६ र ७ गते आयोजना गर्न लागेको उक्त उक्त प्रतियोगितामा पहिलो हुनेले सोहि कलेजमा पूर्णछात्रवृत्ति र ३० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै, दोस्रो हुनेल १५ हजार रुपैयाँ नगद र सोहि कलेजमा ७५ प्रतिशत छात्रवृत्ति पाउने छन् ।
त्यस्तै, तृतिय हुनेले ५ हजार रुपैयाँ नगद र सोहि कलेजमा ५० प्रतिशत छात्रावृत्ति पाउने छन् । उक्त प्रतियोगितामा उत्कृष्ठ गोलकिपर हुनेले विषेश उपहार पाउने व्यवस्था पनि गरेको छ । यो प्रतियोगिताका लागि अहिलले नै दर्ता गर्न सकिने कलेजले जनाएको छ ।