काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले जित निकालेको हो । जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९.५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए ।
दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । लोकेश बमले ९, रोहित पौडेलले ७ तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । म्याथ्यु क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।